समाज


मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १९:२६, विराटनगर

झापाको मेचीनगर नगरपालिका-२ स्थित मदन भण्डारी राजमार्गमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।

तिरिङखोलाबाट बाहुनडाँगीतर्फ जाँदै गरेको मे ७ प ९६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्गा मन्दिर नजिकै दुर्घटना भएको हो। ​दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पाँचथरको फिदिम नगरपालिका–१२ घर भई हाल बीओपी बाहुनडाँगीमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सचिन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–१ घर भई सोही बीओपीमा कार्यरत ४० वर्षीय सशस्त्र प्रहरी हवल्दार डिल्लिराम सुवेदी घाइते भएका छन्। उनको हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनाग्रस्त मोटरसाइकललाई अस्थायी प्रहरी पोस्ट, भृकुटीले नियन्त्रणमा लिएको छ। मृतकको शव हाल बी एन्ड सी अस्पतालमै राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad