युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट ५० वर्षका पुरुष पक्राउ परेका छन्।
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ शेरा बस्ने ५० वर्षीय ज्ञान बहादुर चौहानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चौहानलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।
ज्ञान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
267
Shares

प्रतिक्रिया