ग्लोबल


अफगानिस्तानभित्रै घुसेर कारबाही गर्न खोज्दा कतारले रोक्यो : पाकिस्तानका उपप्रधानमन्त्री डार

अफगानिस्तानभित्रै घुसेर कारबाही गर्न खोज्दा कतारले रोक्यो : पाकिस्तानका उपप्रधानमन्त्री डार

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक डार


नेपालखबर
मंसिर १४, २०८२ आइतबार ७:४८, काठमाडौँ

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक डारले कतारले रोकेर मात्र नत्र आफ्नो देशले अफगानिस्तानभित्रै कारबाही गर्न खोजेको दाबी गरेका छन्। 

बीबीसी उर्दुका अनुसार इशाक डारले इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो मुलुकले अफगानिस्तानभित्रै घुसेर कारबाही गर्न खोज्दा कतारले मध्यस्थताको प्रस्ताव राखेपछि रोकेको दाबी गरेका हुन्। 

‘कतारी विदेश मन्त्रालयलाई थाहा भयो कि हामी (अफगानिस्तानविरुद्ध) कारबाही गर्ने दिशामा अघि बढिरहेका छौँ। कतारले मध्यस्थता र विवाद समाधानका लागि अनुरोध गर्‍यो, त्यसपछि त्यो रातका लागि तय गरिएको कारबाही रोक्यौँ’, उनले भने। 

यस क्रममा उनले अफगानिस्तानको तालिबान सरकारले आफ्नो नीतिमा पुनर्विचार गर्नुपर्ने जिकिर गरे।

उनले भने, ‘उनीहरूको सरकार सत्तामा आएदेखि हाम्रा ४ हजार अधिकारी र सैनिकको शव फेला परेका छन्’, डारले पत्रकार सम्मेलनमा भने, ‘२० हजारभन्दा बढी घाइते भएका छन्। कसरी हामी आफ्नो आँखा बन्द गरेर बस्न सक्छौँ।’

अफगानिस्तान र पाकिस्तानबीच हाल तनाव देखिएको छ। 

केही दिनअघि इस्लामाबादमा आत्मघाती आक्रमण भएको थियो, जसले देशको सुरक्षामा गम्भीर प्रश्न उठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad