विश्वकै चर्चित बेलायतको सरकारी सञ्चार संस्था बीबीसीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेको छ।
सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकाको संसद् भवन (क्यापिटल) मा हमला गर्नुअघि ट्रम्पले गरेको भाषण काटेर गलत सन्देश जाने गरी सामग्री बनाएको घटनामा बीबीसीले उनीसँग क्षमा मागेको हो।
सोही घटनाको जिम्मेवारी लिँदै यही नोभेम्बर १० (कात्तिक २४) मा बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिइसकेका छन्।
माफी मागे पनि बीबीसीले क्षतिपूर्तिका लागि ट्रम्पले गरेको माग भने अस्वीकार गरेको छ। संस्थाले बिहीबार साँझ ‘सुधार र स्पष्टीकरण’ खण्डमा प्रकाशन गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ।
बीबीसीले भनेको छ, ‘भिडिओ सम्पादनले राष्ट्रपति ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक कारबाहीका लागि आह्वान गरेको गलत धारणा सिर्जना गरेको थियो।’
साथै बीबीसीले २०२४ मा कार्यक्रम फेरि प्रसारण नगर्ने घोषणा पनि गरेको छ।
ट्रम्पका वकिलहरूले बीबीसीले माफी नमागे र क्षतिपूर्ति नदिए १ अर्ब डलर क्षतिपूर्तिका लागि मुद्दा हाल्ने चेतावनी दिएका छन्।
Shares

प्रतिक्रिया