झापाको गौरादहस्थित मानव उद्धार केन्द्रमा गएराति सुनेकै अवस्थामा एक वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएको असोज २९ गते दमक नगरपालिका ५ डिपार्टमेन्टबाट उद्धार गरेर केन्द्रमा राखिएका सुनसरीको धरान घर बताउने अन्दाजी ६५ वर्षीय आनन्द राईको सुतेकै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ।
वेवारिसे अबस्थामा उद्वार गरी उनलाई गौरादह ५ मा रहेको मानव उद्वार सेवा केन्द्र महारानिझोडामा राखिएको थियो।
उनी विभिन्न रोगबाट पीडित रहेको प्रहरीले जनाएको छ। उनको शव कानुनी प्रकृया पूरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल लगिएको छ।
24
Shares

प्रतिक्रिया