समाज


जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ

जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ

नेपालखबर
असोज २६, २०८२ आइतबार ८:७, झापा

गएको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा झापामा प्रहरीको हतियार खोस्ने युवक खैरो हिरोइनसहित पक्राउ परेका छन्। 

झापा प्रहरीले खैरो हेरोइन सहित आठ जनालाई पक्राउ गरेको छ।

दमक नगरपालिका–३ वेलडाँगी भुटानी शरणार्थी शिविरमा लागुऔषध (खैरो हेरोइन) बिक्री वितरणमा संलग्न रहेको अभियोगमा ८ जना पक्राउ परेका हुन्।

शनिबार साँझ प्रहरी टोलीले साजन थापाको घरमा छापा मार्दा कोठाभित्र लागुऔषध सेवन र बिक्री वितरणको तयारी भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घरभित्र खोजतलासी गर्दा चश्माको खोलभित्र लुकाइ राखिएको खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

पक्राउ पर्नेमा वेलडाँगी भुटानी शिविर, दमक–३ का साजन थापा,  दिपेश तामाङ, सनम राई, दमक ३ का आदित्य लिम्बु, पविन विश्वकर्मा, सुचन दर्जी, वेलडाँगी शिविर, सेक्टर बि २, दमक–३ का बिजय माझी र मिक्लाजुङ–४, मोरङका निश्चल पोर्तेल रहेका छन्। 

प्रहरीका अनुसार पक्राउ परेकामध्ये निश्चल पोर्तेल  इलाका प्रहरी कार्यालय उर्लाबारीमा लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा रहेका व्यक्ति हुन्। उनी भदौ २४ गते जेन्जी आन्दोलनका बेला हिरासतबाट फरार भएका थिए।

त्यसैगरी, पक्राउ परेका आदित्य लिम्बु जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad