समाज


इलाममा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, कम्तीमा ३ जना बेपत्ता

आधा दर्जन गाउँमा पहिरो, धेरै परिवार विस्थापित
इलाममा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, कम्तीमा ३ जना बेपत्ता

सुमन सुस्केरा
असोज १९, २०८२ आइतबार ९:२, विराटनगर

इलाममा पहिरोमा पुरिएर कम्तीमा पनि दुई जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता भएका छन्। बाढीपहिरोको कारण इलामका विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको आशङ्का गरिएको छ।  

पहिरोमा परेर धेरैजना वेपत्ता भएका स्थानीय प्रशासनले जनाएको छ। 

निरन्तरको वर्षाको कारण इलामा आधार दर्जन भन्दा बढी ठाउँमा गएको पहिरोमा परेर मानिसहरू हराइरहेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

इलाम नगरपालिका ६ घोसमा डम्बरबहादुर पाख्रिनको घर गएराति गएको पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्।

पहिरोमा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले जानकारी दिए। अहिले पनि उद्धारको काम भइरहेको स्थानीयले बताएका छन्। 

प्रारम्भिक विवरण अनुसार सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका बाढी पहिरोले जनधनको ठूलो क्षति गरेको छ। 

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी मानबहादुर राईका अनुसार अझै सबै क्षेत्रबाट विवरण सङ्कलन भइसकेको छैन।  

घटनाका विवरण संकलनको काम भइरहेको छ। प्रहरी टोली घटना स्थलमा पुग्न बाँकी रहेकाले पूर्ण विवरण आइसकेको छैन। 

पहिरोका कारण सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ, माङसेबुङ गाउँपालिका वडा नम्बर १ पाटी गाउँ, देउमाई नगरपालिका ५, झोर र ढुसेनी, फाकफोकथुम गाउँपालिका वडा ३ रातमाटे, इलाम नगरपालिका वडा नम्बर ५ का बस्तीहरूमा पहिरो गएको प्रहरीले जनाएको छ।

यी सबै स्थानहरूमा लगातार वर्षाका कारण पहिरो गएको हो। पहिरोले घरहरू पुरिएका छन्। 

पहिरोमा परेर केही व्यक्ति बेपत्ता भएका र केही घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि पठाइएको डीएसपी राईले जानकारी दिए। 

हालसम्म आधिकारिक रूपमा क्षतिको सङ्ख्या सार्वजनिक गरिएको छैन। तर प्रारम्भिक रिपोर्ट अनुसार केही बस्तीहरूमा पूरै घर पुरिएका छन्। पहिरोमा परेर धेरै परिवार विस्थापित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad