पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाब बढेको छ।
गएराति गरिएको मापनअनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाब एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड पुगेकाे सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।
सप्तकोसी नदीमा बहाब बढ्दो क्रममा रहेकाले १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ।
सप्तकाेसीमा ५२ वटा मूल र चार वटा नहरका गरेर ५६ वटा ढोका छन्।
कोसी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ। सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।
114
Shares

प्रतिक्रिया