समाज


सुनसरी दुर्घटना: मृतकको संख्या ४ पुग्यो, २० घाइतेको उपचार हुँदै (नामावली)

सुनसरी दुर्घटना: मृतकको संख्या ४ पुग्यो, २० घाइतेको उपचार हुँदै (नामावली)

दुर्घटनास्थल


नेपालखबर
साउन २६, २०८२ सोमबार १३:२४, विराटनगर

सोमबार बिहान सुनसरीमा दुई सवारी साधन आपसमा ठोकिँदा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। 

प्रहरीले दुर्घटनामा ज्यान गुमाएका र घाइते हुने सबैको पहिचान सार्वजनिक गरेको छ। 

दुर्घटनामा घाइते हुने १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ३ जना उपचार पछि डिस्चार्ज भएका छन्। 

सोमबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ जलुवा टोलमा बस र विङ्गर ठोक्किएका हुन्। 

काँकडभिट्टाबाट खोटाङको दिक्तेल तर्फ जाँदै गरेको मे.१ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर एक आपसमा ठक्कर खाएका हुन्। 

दुर्घटनामा परेर सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने वर्ष ३५ को शङ्कर मण्डल, सुनसरीको कोसी गाउँपालिका ६ बस्ने वर्ष ७० को लक्ष्मण सदाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

त्यस्तै ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल भोक्राहा सुनसरीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी विराटनगरका अशोक यादव हुनसक्ने अनुमान प्रहरीले गरेको छ। थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

घाइते मध्ये जिल्ला अस्पताल इनरुवा सुनसरीमा करिब ४५र५० वर्षीय महिलाको पनि मृत्यु भएको छ। उनको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए। 

घाइतेहरूको भोक्राहाको अस्पताल, इनरुवास्थित जिल्ला अस्पताल र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये ११ जनाको ग्लोबल कार्डियो एन्ड न्युरो अस्पताल भोक्राहामा उपचार भइरहेको छ। मोरङको सुन्दर हरैचा ९ बस्ने अम्बिका राई, खोटाङ रावाबेशी गाउँपालिका–२ बस्ने निरुता परियार, सोही ठाउँको निर्मल परियार घाइते भएर सोही अस्पतालमा उपचाररत छन्। 

त्यस्तै सप्तरीका रवीन्द्र प्र। मण्डल, उदयपुरको चौदण्डिगढी ५ बस्ने  रेनुका श्रेष्ठ, झापाको शिवसत्ताक्षी नगरपालिका ५ बस्ने वर्ष–३८ को खगेन्द्र थापा घाइते छन्। 

त्यसैगरि झापाको भद्रपुर ९ बस्ने वर्ष–५३ का सन्तोष खत्री, उदयपुरको कटारी नगरपालिका १ बेलसोत बस्ने वर्ष–२० का दीपक बिक, इलामको चुलाचुली गाउँपालिका ३ बस्ने सविन राई, सप्तरीका रवीन्द्र मेहता र सप्तरीकै जिवछ महात्मा पनि घाइते छन्। उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

गोल्डेन अस्पताल विराटनगरमा ९ जना  घाइतेहरूको उपचार भइरहेको छ।  जसमा झापा अर्जुनधारा नगरपालिका १ साजनटार बस्ने २० वर्षीय  सत्य राई,  सप्तरी राजविराज–६ बस्ने  वर्ष–१० का रुद्र राय, विराटनगर महानगरपालिका १० बस्ने वर्ष ४८ कि शोभा यादव,  सप्तरीको राजविराज–१२ बस्ने वर्ष–४४ का प्रमोद रजक छन्।  

गोल्डेन अस्पतालमा उपचार गराइरहेकाहरूमा तिलाठी नगरपालिका–५ बस्ने वर्ष–२२ को रवि राय, राजविराज २ बस्ने वर्ष–२४ को भोला यादव,  राजविराज तेतरी गाछी बस्ने प्रदीप यादव, सुनसरी कोसी ६ श्रीपुरका जोगिन्द्र दास (बाबा), डाक्नेश्वरी नगरपालिका ३ की अमृता रायको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

विराट नर्सिङ होम विराटनगरमा उपचाररत माइक्रोका सहचालक सप्तरीको राजविराज नगरपालिका ४ बस्ने वर्ष–२१ को सन्तोष बास्तोला डिस्चार्ज भएका छन्। उनी सामान्य घाइते भएका थिए। 

जिल्ला अस्पताल इनरुवामा उपचार गराइरहेकाहरू दुई जना डिस्चार्ज भएका  छन्।  खोटाङको हलेसी तुवाचुङ नपा १० बस्ने वर्ष ८४ का नेत्रलाल गिरीको टाउको र दाहिने खुट्टामा सामान्य चोट लागेको थियो भनेँ उनका छोरा वर्ष ३९ केदार गिरी पनि सामान्य मात्रै घाइते थिए। उनीहरु डिस्चार्ज भई घर फर्किएका प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad