समाज


काठमाडौँबाट इटहरी जाँद गरेको ट्रक उदयपुरमा दुर्घटना, चालकको मृत्यु

काठमाडौँबाट इटहरी जाँद गरेको ट्रक उदयपुरमा दुर्घटना, चालकको मृत्यु

नेपालखबर
साउन १५, २०८२ बिहिबार १०:१९, उदयपुर

उदपयुरको उदयपुरगढीमा आज बिहान ट्रक दुर्घटना हुँदा एक युवकको मृत्यु भएकोछ । 

उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटनामा परेको हो। 

दुर्घटनामा ट्रक चालक उदयपुरकै त्रियुगा नगरपालिका–४  बगाहा घर भएका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad