राजनीति


एमालेलाई विश्वप्रकाशको चेतावनी: गठबन्धन गरेकै भरमा जे आउँछ मजाले पचाउँछ भन्ने हुँदैन

एमालेलाई विश्वप्रकाशको चेतावनी: गठबन्धन गरेकै भरमा जे आउँछ मजाले पचाउँछ भन्ने हुँदैन

नेपालखबर
साउन ६, २०८२ मंगलबार १२:२४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन गरेकै भरमा नेकपा एमालेले ल्याएका सबै प्रस्तावमा आफ्नो पार्टीले सहजै स्वीकार्न नसक्ने बताएका छन्। बीपी कोइरालाको ४३औं स्मृति दिवसमा आयोजित देश विकास र देशवासीको उन्नतीको आधार-बीपी विचार विषयक गोष्ठीलाई सम्बोधन गर्दै शर्माले भूमि विधेयक पारित गर्न एमालेले गरेको हतारतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।  

‘भूमि विधेयक हतारोमा लटरपटर गरेर हुँदैन। गहल छलफल गरेर समितिमा लगेर दुइटा दलहरूबीचको विमतिलाई पनि घटाएर जानुपर्छ। छलफल बहस र विमति राख्छ र सँगसँगै सहकार्य परेर पनि जान्छ,’ उनले भने, 'एमालेसँग गठबन्धन गरेकै भरमा जे आउँछ मजाले पचाउँछ’ भन्ने होइन।'

समितिमा छलफल नभई भूमि विधेयक पास हुनै नसक्ने उनको भनाइ थियो। उनले भूमि विधेयक पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनावश्यक दबाब दिएको बताए। शर्माले भूमि विधेयकमा प्रधानमन्त्रीको दबाबमा भूमि व्यावस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले अनावश्यक हतारो गरेको उल्लेख गरे। 

त्यस्तै उनले संसदीय समितिबाट पास भइसकेको संघीय निजामती सेवा विधेयकमा एमालेका सांसदले संशोधन हालेको विषयमा आपत्ति जनाए।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad