समाज


१२ र १३ वर्षीया बालिका अरुण नदीमा बेपत्ता

१२ र १३ वर्षीया बालिका अरुण नदीमा बेपत्ता

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८२ बिहिबार ६:६, काठमाडौँ

भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन्। 

हतुवागढी-९ मचुवाटारका दुई बालिका अरुण नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्ररही निरीक्षक अमर राईले जानकारी दिए।

बेपत्ता हुनेमा १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई छन्। 

‘उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएका हरेछन्। साँझसम्म पनि नफर्किएछि आफन्तले प्रहरीलाई खबर गरेका थिए,’ इन्सपेक्टर राईले नेपालखबरसँग भने, ‘खबरपछि घोडेटार इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनिल साहको कमाण्डमा चार जना प्रहरी परिचालन भएका छन्। खोजीको लागि सुनसरी प्रहरीलाई पनि खबर गरिएको छ।’ 

खुसी र कृषिका कक्षा ८ मा पढ्ने विद्यार्थी हुन्। आफन्त, स्थानीय र सुरक्षाकर्मीले बुधबार साँझदेखि नै उनीहरुको खोजी गरिरहे पनि बिहीबार बिहानसम्म फेला परेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad