ग्लोबल


इजरायलको दाबी: इरानको फोर्डो आणविक परिसर निष्क्रिय पारिएको छ

इजरायलको दाबी: इरानको फोर्डो आणविक परिसर निष्क्रिय पारिएको छ

अमेरिकाले हालै इरानको फोर्डो आणविक परिसरमा आक्रमण गरेको थियो।


नेपालखबर
असार १२, २०८२ बिहिबार ६:९, काठमाडौँ

इजरायलले हालैका आक्रमणले इरानको फोर्डो आणविक परिसर निष्क्रिय पारिएको दाबी गरेको छ। 

बीबीसीका अनुसार इजरायल सरकारको आणविक एजेन्सीले अमेरिका र इजरायली आक्रमणका कारण फोर्डो आणविक परिसर पूर्ण रूपमा निष्क्रिय भएको दाबी गरेको हो। 

इजरायल आणविक ऊर्जा आयोग (आईएईसी) ले भनेको छ, ‘आक्रमणले परिसरको पूर्वाधार नष्ट गरेको छ।’

‘हाम्रो मूल्यांकन के हो भने इरानको आणविक परिसरमा अमेरिका र इजरायली आक्रमणले इरानको आणविक हतियार विकास गर्ने क्षमतालाई धेरै वर्ष पछाडि धकेलेको छ।’

आईएईसीले अगाडि भनेको छ, ‘यदि इरानको आणविक सामग्रीमा पहुँच छैन भने यो उपलब्धि अनिश्चितकालसम्म जारी रहन सक्छ।’

यद्यपि इरानको आणविक प्रतिष्ठानमा आक्रमणबारे पेन्टागनबाट चुहावट भएको प्रारम्भिक गुप्तचर मूल्यांकन रिपोर्टले इरानको आणविक कार्यक्रम नष्ट नभएको र यो केवल 'केही महिनाको लागि' पछि धकेलिको दाबी गरेको छ।

तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे भनेका छन्, ‘सीएनएन र न्युयोर्क टाइम्सले नक्कली समाचार फैलाइरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad