समाज


बराहक्षेत्रमा जंगली हात्ती मृत फेला, अनुसन्धानको लागि पुग्यो प्राविधिक टोली

बराहक्षेत्रमा जंगली हात्ती मृत फेला, अनुसन्धानको लागि पुग्यो प्राविधिक टोली

नेपालखबर
असार २, २०८२ सोमबार ११:४४, सुनसरी

सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ।

बराहक्षेत्रमा नगरपालिका वडा नम्बर २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए। 

आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेका हुन्। कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको हो। 

हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन। जिल्ला वन कार्यलय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलिले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad