उदयपुरको चौदण्डिगढी नगरपालिका-४ मा २ जनाको सुनको सिक्री थुतेर भाग्ने क्रममा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका-२० का १९ वर्षीय सचिन राजपुत रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
शनिबार दिउँसो शनिबारेस्थित बजारमा सोहि स्थानकी २८ वर्षीया बिनिता तामाङ र ३१ वर्षीया शाेभा राईले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा प्रहरी चौकी बसाहाको टोलीले राजपुतलाई तत्कालै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राजपूतका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
948
Shares

प्रतिक्रिया