समाज


युवतीको अश्लील भिडिओ बनाएर आफन्तलाई पठाएको आरोपमा २ युवक पक्राउ

युवतीको अश्लील भिडिओ बनाएर आफन्तलाई पठाएको आरोपमा २ युवक पक्राउ

नेपालखबर
असार १, २०८२ आइतबार ६:५६, संखुवासभा

संखुवासभा प्रहरीले आपराधिक लाभ तथा विद्युतीय अपराध (साइबर क्राइम) कसुर आराेपमा दुई युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–१ का २९ वर्षीय सुजन भुजेल र सोही ठाउँका २२ वर्षीय विपल राई छन्।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठकाअनुसार संखुवासभाकी एक युवतीको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएकाे हाे।

उनीहरूले युवतीको अश्लील भिडियो बनाएर आफन्तलाई पठाएर चरित्र हत्याको प्रयास गरेका थिए। साथै उनीहरूले आफूले भनेअनुसार नगरे त्याे भिडियो तथा तस्बिरहरू सार्वजनिक गर्ने धम्कीसमेत दिएका प्रहरी अनुसन्धानबाट खुलेको छ। 

युवतीको उजुरीको आधारमा अनुसन्धान अघि बढाउँदा घटनामा संलग्न भएका प्रमाण फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। 

उनीहरूलाई प्रहरीले संखुवासभा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad