समाज


मासु खाँदा हड्डी अड्किएर ७८ वर्षीय वृद्धको मृत्यु

मासु खाँदा हड्डी अड्किएर ७८ वर्षीय वृद्धको मृत्यु

नेपालखबर
जेठ ३१, २०८२ शनिबार ७:४०, विराटनगर

मासु खाँदा हड्डी अड्केर धनकुटामा एक वृद्धको मृत्यु भएको छ। 

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ मोर्ती ढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बुले सुँगुरको मासु खाने क्रममा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

जेठ २१ गते राति मासु खानेक्रममा हड्डी अड्किएपछि उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो। 

उनको उपचारको क्रममा गयराती ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad