झापाका तीन स्थानमा तीनजना मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा एकएक शव भेटिएका हुन्।
अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको उनले बताए।
बिर्तामोड–२ फूलबारी टोलमा भेटिएको शव ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा भेटिएको शव ६० वर्षीय मित्रलाल कामीको रहेको खड्काको भनाई छ।
तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनले बताए। ‘शव भेटिएका कसैको पनि मृत्युको कारण खुलेको छैन,’ डीएसपी खड्काले भने।
357
Shares

प्रतिक्रिया