अत्यधिक गर्मीका कारण विराटनगर महानगरअन्तर्गतका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विज्ञप्ति जारी गरेर जेठ २८ देखि ३० गतेसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।
गर्मीका कारण बालबालिकाले विद्यालयमा अध्ययन गर्नै नसक्ने अवस्था भएपछि विद्यालय बन्द गर्नुपरेको ढुंगेलले बताए। वर्षा भएर अनुकूल अवस्था सिर्जना भएमा पठनपाठनका लागि विद्यालय खुल्ने विज्ञप्तिमा उल्लेख छ।
60
Shares

प्रतिक्रिया