झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।
दमक नगरपालिका-७ पशुहाटडाडा स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मे १ ख ३०२७ नम्बरको बसले ठक्कर दिँदा प्र.१-०२-०५२ प. २२११ नम्बरको मोटरसाइकलमा सवार दमक- ४ निवास मिलन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
दुर्घटनापछि बस चालक झापाको गौरादह- ४ बस्ने सरकार टुडुलाई प्रहरीले पक्राउ गरेको छ।
753
Shares

प्रतिक्रिया