समाज


मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते

मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १०:२७, विराटनगर

मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। 

वैवाहिक कार्यक्रम चलिरहेको ठाउँमा गीत गाइरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

गएराति रतुवामाई नगरपालिका-३ स्थित मिर्चाडाँगीमा वैवाहिक कार्यक्रम चलिरहँदा हावाहुरी चलेको थियो।  

हुण्डरीको कारण लच्किएको जग्गेको बाँसले हाइटेन्सन लाइनमा छुँदा कार्यक्रमस्थलमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ। 

हावाहुरीको कारण घरमा गाडिएको बाँसको लिंगो हाइटेन्सन लाइनमा जोडिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ। 

करेन्ट लागेर रतुवामाई नगरपालिका वडा नम्बर- ३ मिर्चाडाँगीका सतारुलाल गनगाईकी श्रीमती ७१ वर्षीया सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती वर्ष ७० की रामुदेवी गनगाईको मृत्यु भएको हो। 

करेन्ट लागेर अर्की ३० वर्षीय राधाकुमारी सिंह घाइते भएकी छन्। उनको नगर अस्पताल झुर्कियामा उपचार गरिएको छ। 

रतुवामाई ३ मिर्चाडाँगीका मङ्गलकुमार सिंहका छोरा निरजकुमार सिंहको वैवाहिक कार्यक्रम चलिरहँदा घटना भएको हो। 

हरियो बाँसको लिंगोमा हाइटेन्सन लाइनको कनेक्सन हुँदा विवाहकाे रमाइलाे हेर्न जम्मा भएका मानिसमा करेन्ट प्रवाह भएको स्थानीयले बताएका छन्। 

मृतक महिलाको शव पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा राखिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad