उदयपुरका एक व्यक्तिले सप्तकोसी नदीमा फाल हानेका छन्।
बेलका नगरपालिका- ८ कोठुस्थित सप्तकोसीको पुलबाट फान्दा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ५२ वर्षीय मकर जंग राई रहेका छन्।
मंगलबार उनले सप्तकोसीमा फाल हानेका थिए। खबरपछि अस्थायी प्रहरी पोष्ट कोठुबाट उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकालेर उपचारको लागी धरान धरान पठाएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
273
Shares

प्रतिक्रिया