समाज


बेहुली लिएर फर्किरहेका जन्तीलाई ट्याक्टरले ठक्कर दियो, १ महिलाको मृत्यु, अर्का युवक घाइते

बेहुली लिएर फर्किरहेका जन्तीलाई ट्याक्टरले ठक्कर दियो, १ महिलाको मृत्यु, अर्का युवक घाइते

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार ५:२९, उदयपुर

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा सोमबार साँझ ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका छन्।

जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो। घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय योजन राई रहेका छन्।

हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको बस उदयपुरको चौनपा–४ बर्खेडाँडाको सडकमा रोकिएको थियो।

जन्तीहरू होटलमा खाजा खाएर फर्किने क्रममा पछाडिबाट आइरहेको ना३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय प्रमुख बबिन राईले जानकारी दिए।

हाल ट्याक्टर चालक उदयपुरको चौनपा–४ बस्ने ३० वर्षीया विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए। 

घाइते राईलाई उपचारको लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad