समाज


सुनसरीमा गोली हान्ने र घाइते हुने दुवै ‘तस्कर’, आरोपी २ जना पक्राउ

सुनसरीमा गोली हान्ने र घाइते हुने दुवै ‘तस्कर’, आरोपी २ जना पक्राउ

नेपालखबर
बैशाख २, २०८२ मंगलबार १०:३५, विराटनगर

सुनसरीमा सोमबार साँझ भएको गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

गोली प्रहारबाट सुनसरीको देवानगञ्ज गाउँपालिका- ७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन्।

उनलाई गोली हान्ने मध्येका रवीनकुमार यादव र पिन्टु यादवलाई प्रहरीले पक्राउ गरेको हो। गोली प्रहार भएको बेला शिवकुमार मेहता पिन्टुले चलाएको मोटरसाइकलबमउ पछाडि सवार थिए। 

गोली हान्ने मध्येका अर्का कामेश्वर यादव सहितका तीनजना फरार रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए। 

यो घटना लेनदेनसँग समेत जोडिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

तिमल्सिनाका अनुसार घटनामा ६ जना संलग्न थिए। ती सबै आपराधिक पृष्ठभूमिका व्यक्ति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

‘हामी अहिले घटनाको थप अनुसन्धानको क्रममा छौँ,’  एसपी तिम्सिनाले भने, ‘गोली प्रहार गर्ने र घाइते हुने दुवैको पृष्ठभूमि विवादित देखिन्छ।’

पक्राउ परेकामध्ये एकजना एक महिनाअघि मात्र गाँजा तस्करीमा संलग्न व्यक्ति भएका समेत प्रहरीले गरेको छ। 

‘उनीहरुबीच तस्करीको रुपैयाँको लेनदेनमा कुरा नमिल्दा पछिल्लो घटना भएको  देखिएको छ। गोली हान्ने र घाइते हुने व्यक्तिहरू सीमानाकामा शंकास्पद गतिविधि गर्ने समूहका सदस्य हुन्,’ एसपी तिम्सिनाले भने। 

पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको पाइएको छ। उनी गाँजा तस्करीको आरोपमा पक्राउ परेर छुटेका थिए।  गोली लागेर घाइते भएका शिवकुमार मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

गोली प्रहारमा संलग्न रहेका भनिएका अरु तीनजनाको खोजी भइरहेको प्रहरीको दाबी छ। घटनामा संलग्नहरूको सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad