सोलुखुम्बुको सोताङमा जिप दुर्घटना हुँदा ३० वर्षीया महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका १८ महिने छोरा घाइते भएका छन्।
सोताङ गाउँपालिका २ मा प्र–३–०१–०२४ च ६८१४ नम्बरको बोलेरो जिप शनिबार साँझ सडकबाट खस्दा सोही ठाउँकी ३० वर्षीया सरिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप सडकबाट झण्डै तीनसय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी सरितालाई सोताङ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनले १८ महिने छोरा रेवतको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि जिप चालक ४३ वर्षीय प्रेम राईलाई प्रहरीले पक्राउ गरेको छ।
504
Shares

प्रतिक्रिया