कारोबार


मान्मदेखि गमगढीसम्म टेलिकमले विस्तार गर्‍यो उच्च गुणस्तरको सूचना महामार्ग

मान्मदेखि गमगढीसम्म टेलिकमले विस्तार गर्‍यो उच्च गुणस्तरको सूचना महामार्ग

नेपालखबर
चैत १३, २०८१ बुधबार ११:४९, काठमाडौँ

नेपाल टेलिकमले कालीकोटको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलो पटक अल डायलेक्टिक सेल्फ सपोर्टिङ (एडीएसएस) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ।

देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्यअन्तर्गत नेपाल टेलिकमले यस सूचना महामार्ग विस्तार गरेको कम्पनीले जनाएको छ।

यसअनुसार कालिकोट, जुम्ला, मुगुलगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको टेलिकमको भनाइ छ।

माइक्रोवेभ रेडिओ लिंकमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (एफटीटीएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरुका साथै एनटीटिभी ब्रान्डको टेलिभिजन सेवा समेत यही चैत ८ बाट अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। टेलिकमले यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुङ्गाको रुपमा लिन सकिने जनाएको छ। 

सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। यसका साथै दुरसञ्चार सेवाको लागि आवश्यक पर्ने ट्रान्समिसन रुटको वैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad