जंगली हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु भएको छ।
गएराति करिब दुई बजे दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले दिएको जानकारी अनुसार स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा धमाउन गएका उनलाई हात्तीले आक्रमण गरेको हो।
‘हात्तीले भण्डारीलाई एकसय मिटर जति लखेटेर उचालेर पछार्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो,’ डीएसपी चन्दले नेपालखबरसँग भने, ‘अहिले इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।’
झापाका विभिन्न क्षेत्रमा जंगली हात्तीले स्थानीयलाई वर्सेनी दुःख दिँदै आएको छ।
213
Shares

प्रतिक्रिया