ad ad

समाज


झापामा मोटरसाइकलले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु

झापामा मोटरसाइकलले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार ८:२०, झापा

झापामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।

कनकाई नगरपालिका-५ चप्रामारीमा प्र १–०१–०१७ प ४३७० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो।

सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मोटरसाइकलले बिहीबार साँझ ४ वर्षीय आर्यन टुडूलाई ठक्कर दिएको थियो। 

गम्भीर घाइते उनलाई बिर्ता सिटी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

ठक्कर दिने मोटरसाइकल चालक झापाकै झापा गाउँपालिका-२ का २४ वर्षीय वसन्त मुखियालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .