ad ad

समाज


पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु

नेपालखबर
साउन १८, २०८१ शुक्रबार ९:२४, झापा

झापाको हल्दिबारीमा सवारी दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ। 

हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै युवक ज्यान गएको हो।
 
जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार दुर्घटनामा मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पातालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।

पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .