ad ad

समाज


मान्छे मारेर १० वर्ष कैद भुक्तान गरेका व्यक्तिले ५ महिनामै गरे अर्को हत्या

मान्छे मारेर १० वर्ष कैद भुक्तान गरेका व्यक्तिले ५ महिनामै गरे अर्को हत्या

नेपालखबर
साउन १६, २०८१ बुधबार ८:४, काठमाडौँ

मोरङमा गएराति धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ। मंगलबार राति उर्लाबारी नगरपालिका- ५ मा २१ वर्षीय कुशल दाहालको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

‘उनको ढाडमा धारिलो हतियार प्रहार गरेको गहिरो चोट छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले नेपालखबरसँग भने, ‘मंगलबार साँझ धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा गएराति ९ बजे मृत्यु भएको हो।’

उनको हत्या स्थानीय सुवास तामाङले गरेको आशंका प्रहरीले गरेको छ। दाहाल उर्लाबारी ४ का स्थायी बासिन्दा हुन्।

‘उर्लाबारी– ५  स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै रहेको सुवास तामाङको घरमा मंगलबार साँझ ६ बजे उनीमाथि धारिलो हतियार प्रहार भएको देखिन्छ,’ डीएसपी बस्नेतले भने, ‘उनी किन तामाङको घरमा गएका थिए, खुलेको छैन। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

उनीहरुबीच के विषयमा विवाद हुँदा घटना भयो नखुलेको बस्नेतले बताए। ‘घटनापछि तामाङ भागेको छ। हाम्रो अनुसन्धानले हत्यामा तामाङको मात्रै संलग्नता रहेको देखाएको छ,’ उनले भने।

छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहाललाई सुरुमा उपचारको लागि उर्लाबारीस्थित गोदाबारी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लाइफलाइन अस्पताल दमक हुँदै उनलाई राति बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याइएकाे थियो।

तामाङ कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरेर करिब पाँच महिनाअघि मात्रै जेलबाट छुटेका व्यक्ति भएका डीएसपी बस्नेतले बताए।

तामाङले २०७१ असोज ८ गते राति ढुंगाले हानेर उर्लाबारी २ का नविन राईको हत्या गरेका थिए। राईको हत्या कसुरमा १० वर्ष कैद सजाय भुक्तान गरेपछि उनी करिब पाँच महिनाअघि मात्रै जेलबाट छुटेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .