सुनसरीको कोसी व्यारेजबाट एक महिलाले सप्तकोसी नदीमा हाम फालेकी छन्।
ब्यारेजको ११ नम्बर ढोकाबाट हामफालेर हाम फालेकी मायादेवी यादवको प्रहरीले उद्धार गरेको हो।
ती महिलाले आफ्नो घर महोत्तरी बताएकी छन्। मंगलबार नदीमा हामफाल्ने बित्तिकै प्रहरीले डुंगाको सहायतामा उनको उद्धार गरेको हो।
घटनाको जानकारी पाउनेबित्तिकै पुगेको प्रहरीले उनको सकुशल उद्धार गरेको प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी नायब निरीक्षक सुभाषचन्द्र सुनुवारले जानकारी दिए।
ती महिलालाई उपचारका लागि प्रहरीले जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको छ।
129
Shares

प्रतिक्रिया