जातीय भेदभाव कसुरमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
गिरीलाई शनिबार साँझ झापाको बिर्तामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गिरीविरुद्ध जातीय भेदभाव तथा अपमानसम्बन्धी व्यवहार कसुरमा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गएको चैत २८ गते जाहेरी दिएका थिए।
गिरीलाई झापाकै बिर्तामोडबाट नियन्त्रणमा लिइएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
पोर्तेललाई गिरीले दुई साताअघि फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको आरोप छ।
33
Shares
प्रतिक्रिया