सवारी साधन चलाउँदा लागूपदार्थ सेवन गरेको आरोपमा प्रहरीले सुर्खेतबाट ६ जना सवारी चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार सोमबार वीरेन्द्रनगर नगरपालिका-११ बाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले सवारी साधनको नियमित जाँचका क्रममा चालकलाई ड्रग्स टेस्ट किटबाट परीक्षण गरेको थियो।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-८ बस्ने २८ वर्षीय अजय थापा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ का २५ वर्षीय काशीराम डाँगी, २५ वर्षीय प्रकाश विक, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ का २४ वर्षीय हिक्मत शाही, २५ वर्षीय जीवन शाही र दैलेखको गुराँस गाउँपालिका-४ का २५ वर्षीय डिलबहादुर विक रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।
Shares

प्रतिक्रिया