कारोबार


प्राधिकरणले गर्‍यो सौर्य एयरलाइन्सको उडान अनुमति नवीकरण

प्राधिकरणले गर्‍यो सौर्य एयरलाइन्सको उडान अनुमति नवीकरण

नेपालखबर
माघ २६, २०८२ सोमबार १७:१९, काठमाडौँ

निजी क्षेत्रद्वारा सञ्चालित वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको एयर अपरेसन सर्टिफिकेट (एओसी) नवीकरण भएको छ।

नियामक नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको उडान अनुमतिपत्र (एओसी) नवीकरण गरेको हो। 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सौर्य एयरलाइन्सको एओसी सन् २०२७ सम्म कायम रहने गरी नवीकरण गरेको जानकारी दिए। 

२०८१ साउन ९ गते पोखरा उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि प्राधिकरणले सौर्यको अनुमति पत्र अनिश्चितकालका लागि निलम्बन गरेको थियो।

प्राधिकरणले सौर्य एयरलाइन्सको एओसी नवीकरण गरेसँगै यसअघिको निलम्बन समेत फुकुवा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad