समाज


६ दिनदेखि हुम्ला सदरमुकाम अन्धकार

६ दिनदेखि हुम्ला सदरमुकाम अन्धकार

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ५:४६, हुम्ला

गएको आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटसहित खार्पुनाथ र सिमकोट गाउँपालिका अन्धकार भएको छ। 

सदरमुकाममा रहेको सिमकोट गाउँपालिका–४ मा रहेको पावरहाउससहितका संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत आपूर्ति नहुँदा दुई पालिकासहित सदरमुकाममा विद्युत् प्रवाह हुन नसकेको विद्युत् प्राधिकरणका प्रमुख जितेन्द्र शाहले जानकारी दिए।

पावरहाउसको इन्टेक र ओभरफ्लोको मर्मत गर्नुपर्ने भएकाले ६ दिनदेखि विद्युत् सेवा आपूर्ति हुन नसकेको प्रमुख शाहको भनाई छ। अहिले पनि मर्मत जारी छ। 

आगामी आइतबारसम्म विद्युत् सेवा पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास शाहले व्यक्त गरे। पावरहाउसमा फर्बे र ओभरफ्लोमा सिमेन्ट प्लास्टर गरेको पक्की नहुँदा आइतबारदेखि मात्रै यो सेवा सञ्चालनमा आउने उनको भनाई छ।

हप्ता दिन पुग्न लाग्दासम्म दुई गाउँपालिकामा रहेका करिब २५ सय सेवाग्राहीलाई सेवा दिन नसक्दा प्राधिकरणले क्षमासमेत मागेको छ। 

विद्युत् आपूर्ति बन्द हुँदा सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा नियमित कामकाजमा बाधा पुगेको छ। 

स्थानीय तहका अधिकांश वडामार्फत हुने सिफारिससमेत रोकिँदा सेवाग्राही मर्कामा परेका छन् । वडा कार्यालयमा सोलार जडान नभएका कारण विद्यातीय कामकाज हुने सबै खालका काम बन्द छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad