समाज


सुर्खेतमा अटो दुर्घटना हुँदा ५ महिने शिशुसहित ७ जना घाइते

सुर्खेतमा अटो दुर्घटना हुँदा ५ महिने शिशुसहित ७ जना घाइते

नेपालखबर
साउन २६, २०८२ सोमबार १२:५४, सुर्खेत

सुर्खेतको चौकुनेमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। सोमबार बिहान अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चौकुने गाउँपालिका-८ मा मायातालबाट गुडुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो अनियन्त्रित भइ सडकबाट करिब ४० मिटर तल खसेको छ।  

टाउकोमा गम्भीर चोट लागेका ५ महिने शिशुको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढाले जानकारी दिए। 

दुर्घटनामा चौकुने गाउँपालिका–५ भुयातालका २९ वर्षीय नवराज आले, मायातालकी ३५ वर्षीया मिना विक र उनका ५ महिनाका छोरा नविश विक, चौकुने–८ कोलघारकी १० वर्षीया धरमिसरा विक, ३५ वर्षीया जस्दा विक, ३ वर्षीय उषा विक र ५४ वर्षीय देवा विक छन्। अटो चालक पनि घाइते भएका छन्। 

उनीहरूको उपचार स्थानीय मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad