रुकुमपश्चिमकका एक युवकले खुकुरी प्रहार गरेर पत्नीको हत्या गरेका छन्।
चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका प्रहरीले जनाएको छ।
गए राति उनलले खुकुरी प्रहार गरेर पत्नीको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको छ। रासस
1.1k
Shares

प्रतिक्रिया