समाज


डोल्पाको काइकेमा लेदोसहितको बाढी, ५३ घरमा क्षति

डोल्पाको काइकेमा लेदोसहितको बाढी, ५३ घरमा क्षति

नेपालखबर
असार १३, २०८२ शुक्रबार १५:१६, काठमाडौँ

डोल्पाको काइके गाउँपालिका–४ रिवा गाउँमा लेदोसहितको बाढी आउँदा ५३ घरमा क्षति भएको छ। बिहीबार रातीदेखि परेको बर्षाले लेदोसहितको पहिरो गएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी रुकबहादुर खड्काले गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको बाढी र पहिरो खस्दा ५३ घरमा क्षति भएको जानकारी दिए।  

उनकाअनुसार ३ वटा र गाउँ नजिकैको एउटा विद्यालयमा लेदोले पूर्ण रुपमा पुरिएका छन्। 

डीएसपी खड्काले बस्ती माथिबाट नयाँ सडक खनिएको र नजिकै खहरे खोला भएका कारण लेदोसहितको बाढीले गाउँनै प्रभावित बनाएको बताए।

उनले भने, ‘रिवा बस्तीभन्दा करिब ५ सय मिटर माथिबाट लेदोसहितको पहिरो आएको छ। मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्ती पसेको हो। पुथा आधारभुत विद्यालयको १ तले ४ कोठे जस्ताले छाएको कच्ची भवन पूर्णरुपमा क्षति भएको छ।’

जिल्ला सदरमुकाम दुनैबाट घटनास्थल पुग्नका लागि करिब ८ देखि १० घन्टा लाग्ने गर्दछ। डीएसपी खड्काका अनुसार जिल्लाबाट बिहानै हिडेको प्रहरी टोली घटनास्थल पुग्न लागेको उनको भनाइ छ। 

यस्तै, स्थानीयहरू सहयोगमा प्रभावित नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको र तत्कालका लागि पालहरूको आवश्यक रहेको डीएसपी खड्काले जानकारी दिए। उनकाअनुसार वडा तथा पालिकाका जनप्रतिनिधिहरू आवश्यक राहतका लागि जुटिरहेका छन्। 

यस्तै, प्रहरीका अनुसार करिब १ करोड बराबारको क्षति भएको छ।  साथै पहिरोका कारण त्रिपुराकोटदेखि दुनैसम्मको सड्क अवरुद्ध भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad