कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
पलाँता गाउँपालिका–२ मा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले नेपालखबरलाई दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ।
उनले भने, ‘प्रहरीलाई राति १२ बजे दुर्घटनाको जानकारी आएको हो। ट्याक्टर नम्बर र मृतकहरुको पहिचान खुलेको छैन्। प्रहरी टोली घटनास्थलतर्फ पुग्दै छ।’
252
Shares

प्रतिक्रिया