भारतीय राज्य मध्य प्रदेशको छतरपुरस्थित जिल्ला अस्पतालका एक डाक्टरले ७७ वर्षीय बिरामीलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार जिल्ला अस्पतालका डाक्टर राजेश मिश्राले वृद्ध बिरामीलाई कुटपिट गर्दै लछारपछार गरेका हुन्।
वृद्ध बिरामीले अस्पताल ढिला आउनुको कारण सोधेपछि डाक्टर रिसाएर कुटेका हुन्। घटना अप्रिल १७ कै हो तर भिडिओ अहिले बाहिर आएको हो।
डाक्टर मिश्रालाई निलम्बन गरी उनीविरुद्ध एफआईआर दर्ता गरिएको छ।
थप्पड, लात र मुक्का प्रहार
वृद्ध बिरामी बिहीबार बिहान १० बजे अस्पतालको ओपीडी रुम नम्बर ११ को अगाडि टोकन लिएर लाइनमा उभिरहेका थिए।
ड्युटीमा रहेका डाक्टर राजेश अग्रवाल धेरै ढिला आइपुगे। जब उनले कारण सोधे, डाक्टरले पहिले उनको प्रेस्क्रिप्सन च्याते र त्यसपछि उनलाई थप्पड हाने।
डाक्टरले वृद्ध मानिसलाई लात र मुक्काले हान्दै घिसारेका हुन्। जसको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
हेर्नुहोस् भिडिओ:
ये वीडियो देखिए 👇
— Mumbai Congress (@INCMumbai) April 20, 2025
यह मध्य प्रदेश के छतरपुर का सरकारी अस्पताल है, जहां एक 77 साल के बुजुर्ग मरीज को डॉक्टरों ने घसीटकर बाहर फेंक दिया।
ये बेहद अमानवीय और घटिया व्यवहार है, जिस पर #BJP सरकार खामोश है।
यह पहला मामला नहीं हैं, इससे पहले भी प्रदेश के अस्पतालों में मरीजों को बेहतर… pic.twitter.com/pE2YCDHZ22
Shares

प्रतिक्रिया