कालीकोटको शुभकालिका गाउँकांपालिका–४ स्थित रारा गाउँमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८ बजे पोल चढ्ने क्रममा करेन्ट लाग्दा २६ वर्षीय वीरेन्द्र चौलागाईँ मृत्यु भएको जानकारी दिए।
चौलागाईंले विद्युतसम्बन्धी सामान्य काम गर्दै आएका थिए। घटनाका विषयमा मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल कालीकोट लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
24
Shares

प्रतिक्रिया