रोचक


जब विमानभित्र बाकसमा राखिएका १३२ मुसा हराए ...

जब विमानभित्र बाकसमा राखिएका १३२ मुसा हराए ...

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १३:५५, काठमाडौँ

चार दिनयता एक जहाजमा स्थल कर्मचारीहरु १३२ वटा मुसा (ह्याम्स्टर प्रजाति) खोज्न व्यस्त छन्। 

यो घटना हो पोर्चुगलको। ट्याप ए३२० कार्गो जहाजभित्र बाकसमा राखिएका मुसा भागेपछि हैरानी भएको हो। 

मुसा भागेसँगै मंगलबारयता ट्याप जहाजलाई पोन्टा डेलगाडा विमानस्थलमै रोकेर राखिएको छ। एजेन्सीहरुका अनुसार बाकसबाट १३२ उक्त प्रजातिका मुसा अन्त लैजाने क्रममा भागेका थिए। 

विमानस्थलका कर्मचारीहरु ती सबै मुसा खोज्न र समाउन तल्लीन छन्। मुसा भाग्दा उक्त विमान लिस्बन आउनबाट रोकिनुपरेको बताइएको छ। 

शनिबार भागेकामध्ये अझै १६ वटा साना तर विद्युतीय तारलगायत काट्न सक्षम मुसाहरु एयरबसको ३२१ जहाजभित्रै हराइरहेका छन्। 

उक्त विमान लिस्बनबाट पोन्टा डेलगाडाका यात्रु र उनीहरुको लगेजसहित उडेको थियो। त्यसमा मुसाबाहेक अन्य चराहरु पनि थिए। तर जब विमान अवतरण भयो र ब्यागेज कलेक्सन सुरु भयो। कर्मचारीहरुले मुसा राखिएका बाकसमा क्षति पुगेको देखे। सोलगत्तै मुसा भागेको पत्ता लागेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad