समाज


भूकम्प पीडितको टहरोमा पहिरो खस्दा जाजरकोटमा एकैघरका ३ जनाको मृत्यु

भूकम्प पीडितको टहरोमा पहिरो खस्दा जाजरकोटमा एकैघरका ३ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८१ सोमबार १०:३९, जाजरकोट

जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परेर एकाघरका तीनजनाको मृत्यु भएको छ।  

मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी पत्नी ३४ वर्षीया मनिसा परियार र उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन्। 

उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बस्ने गरेका थिए। टहरामै पहिरो खस्दा उनीहरुको मृत्यु भएको  नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad