कर्णाली प्रदेशकाे योजना आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार मुख्यमन्त्री यामलाल कँडेलले उनीहरूलाई शपथ खुवाएका हुन्।
बुधबार बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको योजना आगोयमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको थियो।
आयोगको उपाध्यक्षमा वीरेन्द्रनगर नगरपालिका- ४ सुर्खेतका सूर्यनाथ योगी, सदस्यहरुमा मुगुको छायाँनाथ रारा नगरपालिका–५, का डम्बर रावल र कालिकोटको रास्कोट नगरपालिका–३ का अशोकनाथ योगी नियुक्त भएका छन्।
उपाध्यक्ष नियुक्त भएका योगी र रावल एमालेको कोटाबाट नियुक्त भएका हुन् भने सदस्य योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन्।
कर्णाली प्रदेश योजना आयोगले चार महिनापछि पदाधिकारी पाएको छ। तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएपछि आयोग रिक्त रहेको थियो।
Shares

प्रतिक्रिया