ad ad

समाज


आफैँले हाँक्ने गरेको जिपले किच्दा दैलेखमा २५ वर्षका युवकको मृत्यु

आफैँले हाँक्ने गरेको जिपले किच्दा दैलेखमा २५ वर्षका युवकको मृत्यु

नेपालखबर
असार ५, २०८१ बुधबार १२:३३, दैलेख

आफैँले हाँक्ने गरेको जिपले किच्दा दैलेखमा एक युवकको मृत्यु भएको छ। 

महाबु गाउँपालिका ६ रानीवन एकपातेमा भे.१ च ३६०६ नम्बरको जिपले किच्दा सोही जिपका चालक महाबु गाउँपालिका ६ बस्ने २५ वर्षीय चन्द्र काफ्लेको मृत्यु भएको हो। 

गएराति सडकमा रोकेर जिप धुने क्रममा अचानक जिप ब्याकतिर गुड्दा उनलाई किचेको थियो। 

जिपले किच्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका सोही जिपका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .