त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिले सर्वसाधारणसँग यससम्बन्धी सूचना मागेको छ।
गोरखापत्रमा एक सूचना जारी गर्दै समितिले त्रिविको जग्गा, भवनलगायत अचल सम्पत्तिको हिनामिना, अतिक्रमण भएको कुनै विषयमा जानकारी प्राप्त भएको भए समितिको सचिवालयमा फोन वा इमेलमार्फत उपलब्ध गराइदिन सर्वसाधारणसँग अनुरोध गरेको छ।
गत जेठ १७ गते समिति गठन भएको थियो। यसको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा छ।
जानकारी हुनेले ०१४२११९६५ वा यो इमेल ([email protected]) मा उपलब्ध गराउन सक्नेछन्।
त्रिविको जग्गा अध्ययन गर्न सरकारले बनायो समिति
42
Shares
प्रतिक्रिया