ad ad

समाज


दैलेख आठबिस आगलागीका घाइतेलाई हेलिकोप्टरबाट कोहलपुर लगियो

दैलेख आठबिस आगलागीका घाइतेलाई हेलिकोप्टरबाट कोहलपुर लगियो

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १९:३, सुर्खेत

पश्चिम दैलेख आठबिसमा आगलागीमा परी गम्भीर घाइतेलाई हेलिकप्टोरबाट कोहलपुर लगिएको छ। 

उपचारको लागि जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा गम्भीर चार जनालाई कोलहपुर मेडिकल कलेज लगिएको हो। 

आज दिउँसो आठबिस नगरपालिका–६ अन्तर्गत पर्ने भामे ठुलामेला सामुदायिक वनमा लागेको आगोमा परी १२ जना घाइते भएका थिए। जसमध्ये भैरे विश्वकर्मा, नविन विक, प्रकाश विक र नैना विक गम्भीर घाइते भएका थिए। 

उनीहरुलाई नेपाली सेनाको हेलिकप्टोरमा कोलपुर लगिसकिएको छ। बाँकी चार जनालाई लिन हेलिकप्टोर दोस्रो पटक आउने आठबिस नगरपालिका दैलेखका प्रमुख प्रकाशकीय अधिकृत दिलबहादुर शाहीले जानकारी दिए।

उनीहरु बुधबार दिउँसो वडा नम्बर ६ को भामे ठुलामेला सामुदायिक वनमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो निर्माणको काम गरिरहेका थिए।

गर्मी बढेपछि वनभित्रको सानो ओडार जस्तो ठाउँमा आराम गरिरहेका थिए। 

नगरपालिकाका उपप्रमुख कल्पना थापाका अनुसार त्यही क्रममा तलबाट आएको आगोले उनीहरुलाई भेट्टाएको थियो।

स्थानीय बलबहादुर थापाका अनुसार बसिरहेको स्थान अलि अफ्ठेरो स्थान थियो। उनिहरु भाग्दा भाग्दै आगोले समातेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .