ad ad

समाज


लगातार २ दिन इतिहासमै सबैभन्दा तातो भयो पृथ्वी, भयावह स्थिति सिर्जना हुनसक्ने चेतावनी

लगातार २ दिन इतिहासमै सबैभन्दा तातो भयो पृथ्वी, भयावह स्थिति सिर्जना हुनसक्ने चेतावनी

प्रतिकात्मक तस्बिर


रासस/एएफपी
साउन ९, २०८१ बुधबार १८:४१, पेरिस

युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश भूभागमा अत्यधिक तापक्रम बढेपछि युरोपेली सङ्घ (ईयू) को जलवायु अनुगमनकर्ताले जुलाई २२ मा लगातार दोस्रो दिन पृथ्वीमा अत्यधिक तातो भएको जनाएको छ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस) को प्रारम्भिक तथ्याङ्कअनुसार सोमबार दैनिक औसत तापक्रम १७.१५ डिग्री सेल्सियस पुगेको थियो।

यसको एक दिनअघि अर्थात् जुलाई २१ मा ०.०६ डिग्री सेल्सियस कम तातो थियो। यद्यपि, यो एक वर्ष पहिले रेकर्ड भएको सर्वकालिक उच्च तापमानभन्दा सामान्य बढी हो।

यी दुवै दिनको तापक्रमले इतिहासमा अहिलेसम्म मापन भएका सबै तापक्रम रेकर्ड तोडेको हो। 

पृथ्वीको तथ्याङ्क प्रयोग गरेर वास्तविक समयको नजिक विश्वव्यापी वायु र समुद्री तापमान अद्यावधिक गर्ने संस्था कोपर्निकसको आँकडा अस्थायी रहेको र अन्तिम मान धेरै फरक हुनसक्ने बताइएको छ।

‘जलवायु विज्ञानले हामीलाई भनेको कुरा के हो भने यदि विश्वले कोइला, तेल र ग्याँस जलाइरह्यो भने तापक्रम वृद्धिले भयावह स्थितिको सिर्जना गर्नसक्छ,’ इम्पेरियल कलेज लन्डननका जलवायु वैज्ञानिक जोइस किमुताईले भने। 

सन् २०२३ को जुनदेखि हरेक महिना अघिल्लो वर्षको सोही महिनाको तुलनामा तापक्रम वृद्धि रेकर्ड मापन गरिएको छ, सीथ्रीएसका निर्देशक कार्लो बुओनटेम्पोले मङ्गलबार यसलाई ‘वास्तवमै आश्चर्यजनक’ भनेका छन्। 

जलवायु परिवर्तनले लामो, कडा र अत्यधिक चरम मौसमी घटनाको जोखिम निम्ताइरहेको छ र यसले यो वर्ष संसारभरका ठूला विपत्तिहरूलाई सङ्केत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .