भारतको राजधानी दिल्लीको प्रसिद्ध कालकाजी मन्दिर नजिक जागरणका लागि बनाएको मञ्च भत्किँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै मन्दिरको महन्त परिसरमा जागरण कार्यक्रम चलिरहेको जनाएको छ।
त्यही क्रममा काठ र फलामको रडले बनेको मञ्च खसेको थियो। त्यतिबेला डेढदेखि दुई हजार मानिस उपस्थित थिए।
उक्त कार्यक्रमका लागि अनुमति नदिएको प्रहरीले जनाएको छ। यद्यपि घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले आयोजकविरुद्ध मुद्दा दर्ता गरेको छ।
भिडिओ-
#WATCH | Delhi | 17 people injured and one died when a platform, made of wood and iron frame, at a Mata Jagran at Mahant Parisar, Kalkaji Mandir collapsed at midnight on 27-28 January. Case registered against the organisers.
(Video: Viral visuals confirmed by Police) https://t.co/r6bE9dh3ds pic.twitter.com/xJgJ0wSdqB— ANI (@ANI) January 28, 2024
Shares

प्रतिक्रिया