ad ad

समाज


दिल्लीको कालकाजी मन्दिरमा मञ्च भत्किँदा १ जनाको मृत्यु, १७ घाइते (भिडिओ)

दिल्लीको कालकाजी मन्दिरमा मञ्च भत्किँदा १ जनाको मृत्यु, १७ घाइते (भिडिओ)

नेपालखबर
माघ १४, २०८० आइतबार १०:१५, काठमाडौँ

भारतको राजधानी दिल्लीको प्रसिद्ध कालकाजी मन्दिर नजिक जागरणका लागि बनाएको मञ्च भत्किँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै मन्दिरको महन्त परिसरमा जागरण कार्यक्रम चलिरहेको जनाएको छ।

त्यही क्रममा काठ र फलामको रडले बनेको मञ्च खसेको थियो। त्यतिबेला डेढदेखि दुई हजार मानिस उपस्थित थिए।

उक्त कार्यक्रमका लागि अनुमति नदिएको प्रहरीले जनाएको छ। यद्यपि घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आयोजकविरुद्ध मुद्दा दर्ता गरेको छ।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .