ad ad

समाज


‘भगवान् राम मांसाहारी थिए’ भन्दा एनसीपी विधायकविरुद्ध मुद्दा

‘भगवान् राम मांसाहारी थिए’ भन्दा एनसीपी विधायकविरुद्ध मुद्दा

नेपालखबर
पुस २१, २०८० शनिबार १४:८, काठमाडौँ

मुम्बई प्रहरीले भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का विधायक जितेन्द्र आव्हाडविरुद्ध भगवान् रामबारे विवादास्पद टिप्पणी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ।

समाचार एजेन्सी पीटीआईले प्रहरी अधिकारीलाई उद्धृत गर्दै विधायक आव्हाडविरुद्ध शुक्रबार राति उपनगरीय अन्धेरीको एमआईडीसी पुलिस स्टेसनमा एफआईआर दर्ता गरिएको जनाएको छ। 

एनसीपीका शरद पवार गुटका विधायक आव्हाड महाराष्ट्र विधानसभामा ठाणे जिल्लाको मुम्ब्रा–कलवा सिटको प्रतिनिधित्व गर्छन्।

जितेन्द्र आव्हाडविरुद्ध विश्व हिन्दू परिषद्‌का स्थानीय नेता गौतम रावरियाले मुम्बईमा एफआईआर दर्ता गराएका हुन्।

उजुरीकर्ताले जितेन्द्र आव्हाडले एक टीभी च्यानलमा भगवान्‌ रामबारे आपत्तिजनक टिप्पणी गरेको सुनेको उल्लेख गरेका छन्। 

जितेन्द्र आव्हाडविरुद्ध आईपीसीको धारा २९५ (ए) अन्तर्गत धार्मिक भावना भड्काएको आरोपमा मुद्दा दर्ता गरिएको छ।

तीन दिनअघि जितेन्द्र आव्हाडले बुधबार शिरडीमा पार्टीको एक कार्यक्रममा भनेका थिए, ‘भगवान् राम मांसाहारी हुन्, सिकार गर्थे र मासु खान्थे, उनी हाम्रा हुन्, बहुजनका हुन्। 

तपाईंहरू (भाजपा नेता) हामीलाई शाकाहारी बनाइरहनुभएको छ, तर म भगवान् रामको अनुशरण गर्छौँ र खसी खान्छौँ।’ 

भारतीय समाजमा ‘बहुजन’ शब्द गैरब्राह्मणका लागि प्रयोग गर्ने गरिएको छ। तर, पछि जितेन्द्र आव्हाडले पनि आफ्नो भनाइप्रति पश्चाताप गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .